धनगढी : आशन्न निर्वाचनका लागी नेकपा एमालेले दार्चुलाबाट प्रतिनिधीसभाका लागी नेता गणेस सिहं ठगुन्नाको एकल नाम सिफारिश गरेको छ । पुर्ब मन्त्री समेत रहेका ठगुन्नाको एकल नाम सिफारिश भएको नेकपा एमाले दार्चुलाका प्रचार प्रसार बिभाग प्रमुख खडक वडालले जानकारी दिए।
नेपाली काग्रेंसका प्रभावशाली नेता दिलेन्द्र बडुलाई २०७० सालको संबिधानसभा निर्वाचनमा ठगुन्ना बिजयी भएका थिए । यस्तै २०७४ सालको निर्वाचनमा बाम गठबन्धनका साझा उमेदवार रहेका ठगुन्नाले
कांग्रेसका बिक्रमसिंह धामीलाई हराउँदै बिजयी भएका थिए । दार्चुलाबाटै एमालेले प्रतिनिधिसभामा समानुपातिकतर्फ जेहेन्द्रसिंह ऐतवाल, दुर्गा धामी, विमला दमाई, ज्ञानेन्द्र घर्ती र नगेन्द्र तिंकरीलाई सिफारिश गरेको छ ।