धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शहरका ब्यक्तीहरुले संघियताको बिरोध गरिरहेको बताएका छन् । शुक्रबार प्रदेशसभा अन्त्य संगै समिक्षा कार्यक्रम अघी सञ्चारकर्मीहरुसंग प्रतिकृया दिदै उनले शहरको मान्छेले संघियताको बिरोध गरेको बताएका हुन् ।
सहर बजारमा बस्नेले संघियताको मर्म बुझ्दैनन् भट्टले भने “संघियताको मर्म अभावमा रहेका जनताले बुझेका छन्, प्रदेशले गरेका काम अभावमा रहेका जनताहरुलाई थाहा छ, शहरमा हुनेले महसुस गर्दैनन् ।”
सरकारको आलोचना हुनु स्वभाविक हो तर आलोचना कस्तो खालको छ भन्ने एउटा बुझाई हो मुख्यमन्त्री भट्टले भने “मैले सार्वजनिक रुपमै भन्ने गरेको छु, तपाइले संघियताको मर्म शहर बजारमा पाउनु हुन्न, काठमाण्डौँमा संघियता खोजेर पाइन्छ, काठमाण्डौँमा के अभाव छ र काठमाण्डौँको जनताले महसुस गर्दैनन् ।” अनी सामाजिक सञ्जाल कुन ठाउँको र कति जनताले चलाउँछन् र यसको टिका टिप्पणी यही शहर बजारबाट आउँछ, भट्टले भने “जो बिगतमापनि जब राज्य ब्यवस्था परिवर्तन हुन्छ, परास्त भएको राज्य ब्यवस्थामा रमाएकाहरुले बर्तमान ब्यवस्थाको बिरोध गर्नु स्वभाविक पनि हो ।”
समाजमा एउटा तप्का परिवर्तन नचाहाने छ त्यसै तप्काले बिरोध र आलोचना गरिरहेको मुख्यमन्त्री भट्टले बताए । साढे ४ बषृमा हामीले प्रशस्त काम गरेका छौँ उनले भने “केही काम गर्न खोजेपनि नभएका हुन सक्छन् तर आलोचना बढी पुर्वाग्रही तरिकाले आएका आलोचना छन्, सकारात्मक तरिकाले आएका आलोचना हामीले ग्रहण गरेकै छौँ आगामी दिनमापनि ग्रहण गर्नेनै छौँ ।”