डडेल्धुरा। डडेल्धुरामा एक जना महिला मृत अवस्थामा फेला परेकी छिन्। डडेल्धुराको अमरगढी नगरपालिका–६ बस्ने अन्दाजी ३६ वर्षीया जमुना ताम्राकार शुक्रबार मृत फेला परेकी हुन् । उनी यही भाद्र १३ गते सोमबार साँझबाट बेपत्ता भएकी थिइन् ।
५ दिन अगाडि श्रीमानसँग झगडा भएर हिँडेकी उनको शव आज सदरमुकामसँगै रहेको ऋषिखोला वनमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको जानकारी दिए।