कैलाली। कैलाली क्षेत्र नम्बर ४ मा काँग्रेसबाट संघ र प्रदेशमा उम्मेदवारहरुले दाबी पेश गरेका छन। कैलाली ४ मा काँग्रेसबाट संघिय निर्बाचन को लागि उम्मेदवार बन्न नेपाली काँग्रेसबाट ६ जनाले दाबी पेश गरेका हुन। संघको लागी सुनिलकुमार भण्डारी, टेकराज जोशी र प्रकाश बम, नैन सिंह महर, भोजराज भट्ट र लक्ष्मीराज पाठकले दाबी गरेका हुन।
यस्तै संघको समानुपातिक तर्फ पनि ४ जनाले नै दाबी पेश गरेका छन्। दाबी गर्नेहरुमा दिर्घराज भाट, हिरा दत्त भट्ट,गोपाल बहादुर देउबा र पदमराज भट्ट रहेका छन्। यस्तै प्रदेस (ख) मा प्रत्यक्ष तर्फ ८ जनाले दाबी पेश गरेका छन। यसरी दाबी पेश गर्नेहरुमा उत्तम कठायत,यज्ञराज चौधरी,लोकराज पाण्डे आगो, टिकादत्त जोशी,सुरत बहादुर कार्की, हेमप्रकाश उप्रेती, हिरादत्त भट्ट र प्रेम बहादुर सुर्जा मगर रहेका छन्। यस्तै प्रदेश (ख) समानुपातिक तर्फ १० जनाले दाबी पेश गरेका छन्।