कैलाली। कैलालीको साडेपानी बजारबाट ८८ हजार नगद सहित १० जना जुवाडे पक्राउ परेका छन् । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानी बजार बाट १० जना जुवाडे पक्राउ परेका प्रहरीले बताएको छ । सोमबार राती इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले साडेपानी बजारको एक होटेलमा जुवा खेलिरहेको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको जनाएको छ।
इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) लक्ष्मण बहादुर शाहीका अनुसार खान तलासीका क्रममा ८८ हजार नगद रुपैयाँ, ६ वटा मोटरसाइकल बरामद गरिएको छ। पक्राउ परेका जुवाडेहरू साडेपानी, बौनिया, लम्की र बर्दियाका रहेको बताईएको छ । उनीहरूमाथि म्याद थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।