धनगढी : धनगढीका मुख्य सडक छेउमा रहेको संरचना हटाउन धनगढी उप महानगरपालिकाले निर्देशन दिएको छ । उप महानगरपालिका वडा नम्बर १ कैलाली पुलदेखी वडा नम्बर ८ क्याम्पस चोक सडक छेउका संरचना हटाउन उप महानगरले निर्देशन दिएको हो ।
उप महानगरले पत्राचार गर्दै सडकको बिस्तृत योजना प्रतिवेदन डिपिआर तयार भइरहेको र सडक दायाँ बायाँ १५ मिटर सडक क्षेत्रभित्र पर्ने संरचना हटाउन घरधनीहरुलाई निर्देशन दिएको हो ‘सडकको बिस्तृत योजना प्रतिवेदन ९डिपीआर० तयार भइरहेको र सडकको दायाँ बायाँ १५ मिटर सडक अधिकार क्षेत्रभित्र पर्ने टहरा असोज मसान्तसम्म हटाई सहयोग गरिदिन हुन सम्बन्धित घर धनीहरुमा अनुरोध गरिन्छ।’ पत्रमा भनिएको छ।
यदि उक्त समयमा सडक क्षेत्र खालि नभए कानून वमोजिम कारवाही गरिने उपमहागरद्वार प्रकाशित पत्रमा उल्लेख गरिएको छ।