कञ्चनपुर। कञ्चनपुरमा लागुऔषध खैरो हेरोईनसहित ३ जना युवक पक्राउ परेका छन्। कञ्चनपुरको बेलौरी नगरपालिका-१० भुडा चौराहाबाट भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा उनीहरु पक्राउ परेका हुन्।
भारतबाट नेपालतर्फ आउँदै गरेको सुपप्र ०११० प ३१९९ मोटरसाइकलका चालक कृष्णपुर नगरपालिका-१ बस्ने २८ वर्षीय कालुराम राना, पछाडि सवार अन्दाजी २४ वर्षीय अशोक कार्की र अन्दाजी २९ वर्षीय जनक धामीलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुलाई चेकजाँच गर्दा जनक धामीको साथबाट कालो र रातो प्लाष्टिकको थैलीभित्र दुई ओटा पोकामा कट्टुको वायाँ खल्तिमा लुकाएर राखेको १।६८ ग्राम खैरो हेरोईन प्रहरीले बरामद गरेको हो। उनीहरु तिनै जनालाई पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।