बाजुरा। बाजुरामा ८ पेटी अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरिएको छ । बाजुराको हिमाली गाउँपालिकाकामा ८ पेटी अवैध घरेलु मदिरा बरामद गरिएको हो । आईतबार बिहान हिमाली गाउँपालिकाका उपाध्यक्ष, निमित्त प्रमुख प्रशासकीय अधिकृत र प्रहरी चौकी धुलाचौर बाजुराबाट खटिएको संयुक्त टोलीले उक्त मदिरा बरामद गरेको हो ।
उक्त अनुगमन टोलीले हिमाली गाउपालिकाका विभिन्न स्थानमा रहेका होटल (पसलहरू) चेकजाँच गर्ने क्रममा १८० लिटर अवैध घरेलु मदिरा, (८ पेटी) रक्सी र अवैध मदिरा उत्पादन गर्न प्रयोग हुने भाडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।