धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको वडा क्निकमा धनगढीको होटेल रुवसले सहयोग गर्ने भएको छ । होटलले वडा क्लिनिक सञ्चालनका लागी धनगढी उपमहानगरपालिकालाई वार्षिक १ लाख रकम सहयोग गर्ने भएको हो । बिहीबार धनगढी उपमहानगर र रुवस होटलबीच विशेषज्ञसहितको वडा स्वास्थ्य क्लिनिक सञ्चालन तथा व्यवस्थापनका लागि रकम दिने सम्झौता भएको हो।
होटलका प्रबन्ध निर्देशक प्रकाशचन्द्र भट्ट, धनगढीका मेयर गोपाल हमाल र प्रमुख प्रशासकिय अधिकृत रामलाल श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेर हुन्। सम्झौताअनुसार रुवस होटलले पाँच वर्षसम्मका लागि वडा क्लिनक सञ्चालनमा सहयोग पु¥याउने गरी वार्षिक एक लाखका दरले सहयोग गर्ने छ।