धनगढी : सरकारले प्रदेश तथा प्रतिनिधीसभा निर्वाचनको मिती घोषणा गरेपछि यति वेला ठुल्ला दलका हेबी वेट नेताका निर्वाचन क्षेत्र बढी चर्चामा छन् । त्यस्तै चर्चा मध्येको एक हो कैलाली क्षेत्र नम्बर ५ । जहाँ ०७४ को चुनावमा एमाले नेता नारदमुनि रानासँग पराजित भएकी प्रधानमन्त्री पत्नी आरजु राणा देउवाका लागि योपटकको चुनाव जित्न पनि सहज छैन । पार्टीभित्रकै आन्तरिक गुटबन्दीले फेरी आरजुलाई धनगढीमा धोका त हुँदैन ।
२०७४ को निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ बाट प्रधानमन्त्री पत्नी आरजु राणा देउवालाई पराजित गर्दै एमाले नेता नारदमुनी राना बिजयी भएका थिए । काग्रेंसको गढ मानिने धनगढी अर्थात कैलाली क्षेत्र नम्बर ५ मा फेरी आरजुनै चुनाव लड्ने पक्कापक्की भएको छ । गत चुनावमा वाम गठ्बन्धन र पाटी भित्रै बाट असहयोग हुदाँ चुनाव हारेकी देउवा लाई अहिले पनि सजिलो छैन । हुन त राजनीतिक समीकरण अहिले २०७४ को जस्तो छैन ।
अघिल्लोपटक वाम गठबन्धन गरी एमाले र माओवादीले मिलेर चुनाव लड्दा कांग्रेस एक्लो थियो । अहिले ठीक विपरीत पाँचदलीय गठबन्धन भएर एमालेलाई एक्लो पारिएको छ । एमाले एक्लो भएपनि एमाले संग मुद्धा बलियो भएका कारण गठबन्धन लाई पराजय गरी पुन क्षेत्र नम्बर ५ मा एमालेका उम्मेदवार विजय हुने उसको दावी छ ।
नेकपा एमाले कैलालीका कार्यबाहक अध्यक्ष दुर्गा जोशीले एमालेसंग जनताको गठबन्धन भएकाले कुनै असहज नहुने बताए । अरुले जति गठबन्धन गरेपनि हाम्रो गठबन्धन जनतासंग छ, हामीले गरेका काम जनतालाई थाहा छ उनले भने “हामी गठबन्धनसंग एक्लै लड्छौँ धनगढीमा २०७४ जस्तै सानदार जित निकाल्छौँ ।”
आफूले जितेको क्षेत्रमा आरजुलाई टिकट दिइएपछि २०७४ सालको चुनावमा कांग्रेस नेता पुस्करनाथ ओझाले आरजुलाई सहयोग नगरेको आरोप लागेको छ ।
आफूले निर्वाचन क्षेत्र खाली गर्नुपरे पार्टी सभापति शेरबहादुर देउवाका लागि मात्रै खाली गर्न सकिने उनको भनाइ थियो । तर पार्टीले आरजुलाई टिकट दिएपछि उनी मौन बसे । त्यसपछि आरजुलाई हराउन भूमिका खेलेको भन्दै ओझालाई कांग्रेसले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । यो कारबाही अहिलेसम्म फुकुवा भएको छैन । कांग्रेसको साधारण सदस्यबाटै निकालिएका ओझा अहिले स्वतन्त्र रूपमा निर्वाचन लड्ने तयारीमा छन् । स्थानीय तहको निर्वाचनमा मुद्धा ऐजेन्डा बलियो भएका कारण स्वतन्त्र उम्मेदवार विजय भएका कारण प्रतिनिधी सभाको चुनावा पनि कुनै दुल र ब्यक्तिी विशेष नभई धनगढी जनताले यहाँको समस्या वुझने नेतृत्व लाई भोट दिन नागरिक अगुवाको वुझाई छ ।
नागरिक अगुवा घन बहादूर शाहले अबको जनता कुनै नेता वा पार्टी हेरेर भोट नदिने बताए । गत स्थानिय तह निर्वाचनमापनि गठबन्धन भएकै हो नी तर एउटा स्वतन्त्र ब्यक्तीले जित्नुभो उनले भने “त्यस कारण यहाँ कुनै ब्यक्ती दल भन्दापनि जनताले कामको मुल्याकंन गरेर जिताउने छन् ।”
कैलाली कांग्रेस क्षेत्र नम्बर ५ का सभापनि भिम पडालले भने ओझाले स्वतन्त्र लडे पनि आरजुको जितमा तगारो बन्न नसक्ने बताए । उनले क्षेत्र नम्बरमा वर्तमान सांसद नारदमुनी रानाले गरेका काम र हारेपनि आरजु देउवाले गरेका कारमको मुल्याङन गरेका कारण आरजुको जित निश्चित रहेको उनले दाबी गरे ।
धनगढी उपमहानगरभित्र पर्ने क्षेत्र नम्बर ५ मा स्थानीय तहको चुनावमा भने स्वतन्त्र उम्मेदवार गोपाल हमालले नगर प्रमुखमा जित निकालेका थिए । १९ वडा रहेको उपमहानगरको १२ वटा वडामा कांग्रेस विजयी भएको थियो । कैलाली क्षेत्र नम्बर ५ मा करिब १ लाख मतदाता छन् । समग्रमा नेपाली कांग्रेसको बाहुल्य रहे पनि चुनावको नतिजा भने उल्टो आउने गरेको विगतको चुनावको परिणामले पनि देखाएको छ ।