धनगढी। धनगढीबाट एक किलो चरेशसहित प्रहरीले एक जना पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ६ घर भइ हाल धनगढी उपमहानगरपालिका-१२, जुगेडा बस्ने ३६ वर्षीय दिनेश सिंह पक्राउ परेका हुन्।
पसलमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले शंकालागी चेकजांच गर्दा लुकाईछिपाई राखेको १ किलो ग्राम लागु औषध (चरेश) बरामद गरेका हो । जुगेडास्थित किराना पसलबाट उनलाई चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनी माथी थप अनुसन्धान कार्य भईरहेको कैलाली प्रहरी ले जनाएको छ।