धनगढी। नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएलको अध्यक्षमा सुवोध श्रीपाली चयन भएका छन्। राजधानीमा सम्पन्न राष्ट्रिय भेलाबाट श्रीपालीलाई अध्यक्षमा चयन गरिएको माओवादीका नेता रमेश प्रसाद भट्टराईले जानकारी दिए। यस्तै महासचिवमा गणेश शाही चयन भएका छन् ।
माओवादीका नेता भट्टराईका अनुसार भेलाबाट केन्द्रिय अध्यक्ष तथा महासचिवमा श्रीपाली र शाहीका साथै कैलाली जिल्लाको प्रतिनिधित्व गरि केन्द्रिय सदस्यमा निर्वाचित कैलाली जिल्लाका होनहार,मिलनसार तथा नौजवान युवा नेता आत्मीय कमरेडहरु सुरज खाती, जयन्द्र दाहाल,बसन्त कार्की र दिपान्ती डगौरा चयन भएको जानकारी दिए । उनले राजनैतिक तथा सामाजिक उज्ज्वल भविस्यको हार्दिक शुभकामना ब्यक्त गरेका छन् । यस्तै केन्द्रीय समिति ३५१ सदस्यीय घोषणा भएको छ।जसमा पदाधिकारीमात्रै ६१ जनाको बनेको छ । पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव, कोषाध्यक्षलगायतको पद सिर्जना गरिएको छ । भाद्र ३,४,५ गते काठमाडौमा सम्पन्न वाईसीएलको राष्ट्रिय भेलाको उदघाट्न नेकपा(माओवादी केन्द्र) अध्यक्ष प्रचण्डले गर्नु भएको थियो। त्यसपछि बन्दसत्र सम्पन्न भएपनि निर्वाचन प्रक्रिया सुरु भएकामा सर्वसम्मत रुपमा श्रीपाली अध्यक्ष चयन भएका हुन् । यसअघि श्रीपाली वाईसीएलको सहसंयोजक थिए भने सुमन देवकोटा संयोजक थिए।
देवकोटाको ४० वर्षे उमेर हद कटेपछि श्रीपालीको थाप्लोमा नेतृत्व आएको हो । nयसअघिको सम्मेलनमा सुमन देवकोटा र श्रीपालीबीच नेतृत्व लिनेबारे विवाद भएपछि पार्टीको हस्तक्षेपमा देवकोटालाई संयोजक र श्रीपालीलाई सहसंयोजक बनाइएको थियो । तर, देवकोटाको ४० वर्षे उमेरहद पूरा भएपछि श्रीपालीलाई नै अध्यक्ष बनाइएको हो । यस्तै वाईईसीएलको महासचिवमा तीन जनाले मुख्यदाबी गरेका थियो । जसमा ज्ञानबहादुर गुरुङ, गणेश शाही र मिङमा डण्डु शेर्पा थिए । आन्तरिक छलफलपछि शाहीले बाजी मारेका छन् ।