धनगढी। धनगढीमा २ लाख ३२ हजार बढीको बेवारीसे कपडा सशस्त्र प्रहरीद्वारा बरामद भएको छ । भारतबाट चोरी गरेर ल्याईएको कपडा धनगढी उप–महानगरपालीका १३ राजपुरमा वेवारिसे अवस्थामा छोडिएको अवस्थामा सशस्त्र प्रहरीले बरामद गरेको हो ।
२ लाख ३२ हजार ७ सय बराबरको बेवारीसे कपडा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर धनगढी कैलालीले जनाएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर धनगढी कैलालीको टोलीले उक्त कपडा बरामद गरी आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा बुझाएको छ । बरामद गरीएको कपडा आवश्यक कारवाहीका लागि त्रिनगर भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) कृष्ण सिंह पुजाराले जानकारी दिए।