धनगढी : कैलालीको अत्तरियामा पसलको ट्वाइलेटमा युवक मृत फेला परेका छन्।
शनिवार साँझ गोदावरी नगरपालिका–१ वरपिपल गल्लीमा रहेको चौलागाईं वस्त्रालयमा काम गर्ने बैतडीको डिलाशैनी–७ घर भएका धर्म सिंह कार्कीका २२ वर्षीय छोरा जयन्तबहादुर कार्की मृत फेला परेको प्रहरीले जनाएको छ ।
कार्की विगत २ वर्षदेखि उक्त वस्त्रालयमा कार्यरत थिए। उनी शनिबार साझँ साढे ७ बजे चारतले घरको
चौथौ तल्लाको ट्वाइलेटमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।