डडेल्धुरा। शेरबहादुर देउवासँग डडेलधुराबाट २०४८ सालमा प्रतिष्पर्धा गर्ने गोविन्दप्रसाद कलौनी अपरिचित नाम होइन। चुनावको संघारमा धेरैलाई जिज्ञासा हुन सक्छ– देउवालाई २०४८ सालको निर्वाचनमा चुनौती दिने नेता को हुन्, कहाँ छन्। हो, कुनैबेलाका डडेलुधरामा कम्युनिस्ट पार्टीका संस्थापक मानिने कलौनी शेरबहादुर देउवाका चुनावी प्रतिस्पर्धी पनि भएका थिए ।
उनी डडेलधुरा शिक्षण पेशाका क्रममा पुगेका थिए । देउवासँग डडेलधुराबाट २०४८ सालमा प्रतिष्पर्धा गर्ने कलौनीले देउवासँग डडेलधुरामा एकपटक मात्रै प्रतिष्पर्धा गरेका थिए । उक्त निर्वाचनमा देउवाले २४ हजार ५ सय ७० मत ल्याए। एमालेको उम्मेदवारका रुपमा देउवासँग प्रतिष्पर्धा गरेका कलौनीले ६ हजार ६ सय २८ मत मात्रै प्राप्त गरे। दुईबीचको मतान्तर १७ हजार ९ सय ४२ थियो। तर, पराजित भए । कलौनी ०५६ सालमा राष्ट्रियसभाको चुनाव लडे । त्यसबेला उनी एमालेबाट अलगिएर मालेमा पुगिसकेका थिए ।
कांग्रेससँग मिलेर चुनाव लडे पनि उनी पराजित भए । कलौनीले चुनावी प्रतिस्पर्धालाई ०६४ सालसम्म निरन्तरता दिए । तर, सफल हुन सकेनन् । ०६४ मा उनी कञ्चनपुर–२ बाट एमालेको संविधान सभा सदस्यका उम्मेदवार थिए । प्राध्यापन पेशा छोडेर मूलधारको राजनीतिमा होमिएका कलौनी पछिल्लो समय पुनः शिक्षा क्षेत्रमै सक्रिए थिए । कञ्चनपुरमा उनले आफ्नै नेतृत्वमा क्याम्पसहरु सञ्चालनमा ल्याएका छन् । ६४ वर्षीय कलौनी कलौनीले ०४७ देखि ०५२ सम्म डडेलधुरा र बैतडीमा एमालेको जिल्ला नेतृत्व गरे। उनी पछिल्लो समय नेकपा एमालेको निर्वाचन आयोग उपाध्यक्ष थिए । जसको अध्यक्ष सोमनाथ प्यासी पनि प्रदेश प्रमुख भएका थिए। अब आगामी मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनको तयारी अघि बढेको छ।
अब डडेल्धुराबाट शेरबहादुर देउवा सातौंपटक चुनाव जित्ने तयारी गरिरहेका छन् । गएको निर्वाचनमा एमाले र माओवादीको गठबन्धन समेत तोडेका उनलाई यसपल्ट सत्ता गठबन्धनका अन्य दलको पनि साथ छ । देउवासँगै असन्तुष्ट भएर अर्को पार्टीमा पुगेका वीपी कांग्रेसका उपाध्यक्ष कर्ण मल्लबाहेक अर्को बलियो चुनौती देखिदैन। केही दिन अघि धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मल्लले यसपालि प्रतिनिधिसभा निर्वाचनमा शेर बहादूर देउवालाई हराउनै पर्ने बताएका थिए । मल्लले ५ पटक प्रधानमन्त्री भइसकेका शेर बहादूर देउवालाई फेरी जिताएर प्रधानमन्त्री बनाए देश बेचिने बताएका थिए ।