धनगढी : नेपाल समाजवादी पार्टीले दार्चुला जिप दुर्घटनाको बिषयलाई चासो दिएको छ । भदौ १ गते दार्चुलाको शैल्यसिखर नगरपालिका वडा नम्बर ६ उल्लानीमा भएको जिप दुर्घटनामा परी घाइतेको उपचार र मृत्यु भएका परिवारलाई क्षतीपुर्ती उपलब्ध गराउन नेपाल समाजवादी पार्टीले प्रदेश सरकारसंग माग गरेको छ ।
पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष मिनराज बडुद्वारा हस्ताक्षरित बिज्ञप्तीमा घटनाको सत्य तथ्य छानबिन गरी मृतकका परिवारलाई उचित क्षतीपुर्ती उपलब्ध गराउन माग गरिएको छ ।
बर्षेनी चाडबाडका बेला दुर्घटना बढिरहेपनि दुर्घटना न्युनिकरण तर्फ राज्यको ध्यान नगएको भन्दै पार्टीले बिज्ञप्ती मार्फत आपत्ति जनाएको छ । तत्काल सो जिप दुर्घटनाको छानबिन गरी सरकारले दुर्घटना न्युनिकरण तर्फ ध्यान दिनुपर्ने पार्टीको माग छ । सवारी साधनको संख्या निकै बढेपनि सडकको अवस्था सुधार नभउको भन्दै पार्टीले सडक सुधार तर्फ प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।
साथै सो घटनामा परी ज्यान गुमाउनुहुने प्रती श्रदाञ्जली ब्यक्त गर्दै पार्टीले बिज्ञप्ती मार्फत घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।