दार्चुला। दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका वडा नं. ६ उल्लानीमा जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो। जिल्लाको शैल्यशिखर नगरपालिका ६ उल्लानी भन्ने ठाउँमा से १ ज ५५१ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ। जीप गोकुलेश्वरबाट दार्चुला खलंगातर्फ गइरहेको थियो। जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले समेत पुष्टि गरेको छ। प्रहरीका अनुसार थप विवरण आउन बाँकी छ।तस्बीरहरु