कञ्चनपुर। कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट साइकलयात्री गम्भीर घाइते भएका छन्। कञ्चनपुरको दोधरा चाँदनी नगरपालिका वडा नम्बर ७ मिलनचोकमा मोटरसाइकलले साइकललाई ठक्कर दिदाँ साइकल यात्री घाइते भएका हुन्। दोधरा चाँदनी ७ का जिवन रावतले चलाएको सुपप्र ०२ ००३ प ८९२८ नम्बरको मोटरसाइकलले सोही ठाउँका साइकल यात्री ६० वर्षीय हरिसचन्द्र सुनार घाइते भएको प्रहरीले जनाएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार घाइते सुनारको स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पश्चात भारतको खटिमा रेफर गरिएको छ । घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।
कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट साइकलयात्री गम्भीर घाइते
कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट साइकलयात्री गम्भीर घाइते
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

