कैलाली। कैलालीको अत्तरियामा जुवातास खेलिरहेको अवस्थामा ४ जना पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका २ शिवनगरमा एक गेस्ट हाउसबाट नगद सहित ४ जनालाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। गोदावरी २ शिवनगरमा ४५ वर्षीय सन्देश केसीले सञ्चालन गरेको सन फ्लावर गेस्ट हाउसबाट उनीसहित ४ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए।
प्रहरी टोलीले ४ जनालाई २ लाख ९० हजार १०० नगद रकम पनी पक्राउ गरेको छ । पक्राउ पर्नेमा होटेल सञ्चालक केसी, गोदावरी ४ बस्ने ३५ वर्षीय टेकबहादुर रावल, सोही ठाउँका ४२ वर्षीय पदम भट्ट र बैतडी पुर्चौडी नगरपालिका ३ बस्ने २६ वर्षीय केशव कुँवर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए। तास खेलिरहेका मध्ये बैतडी पाटन नगरपालिका ४ बस्ने ३९ वर्षीय सुरेन्द्र ऐरी र धनगढी उपमहानगरपालिका २ बस्ने ३४ वर्षीय सागर सिंह भाग्ने क्रममा चोट लागि उपचारको लागी मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको उनले बताए।