कैलाली। कैलालीमा ठगी गर्ने एक महिला प्रक्राउ परेकी छिन्। पक्राउ पर्नेमा बर्दियाको राजापुर नगरपालिका–१० खैरीचन्दनपुरकी बासिन्दा रहेको इलाका प्रहरी कार्यालय टीकापुरले बताएको छ । ठगीको आरोपमा टीकापुर नगरपालिकाका विभिन्न गाउँमा पैसा असुलेको आरोपमा २४ वर्षीया कविता थारुलाई पक्राउ गरिएको हो।
उनीमाथि विद्यार्थीका अभिभावकबाट ५ सय असुलेको आरोप छ । थारुले सो बाफत विद्यार्थीलाई पोशाक, कापीकलम, झोला लगायतका सामान उपलब्ध गराउने आश्वासन दिएकी थिइन्।गुड नेवर्स नामक संस्थामा काम गर्ने बताउने उनले पदमपुरमा ७७ जना, वनगाउँमा ८७ जना, फाँटामा ६६ जना र झुँगामा ७४ जनाबाट जनही ५०० का दरले १ लाख ५२ हजार रुपैयाँ संकलन गरेकी छन्।
प्रहरीले वैशाख र जेठ महिनामा समेत उनले धेरै अभिभावकबाट पैसा संकलन गरेको हुनसक्ने बताएको छ। ठगी गरेको भन्दै ४ जनाले उजुरी दिएको आधारमा थारुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए । पाण्डेको खोजी भइरहेको र थारुमाथि जिल्ला अदालत कैलालीले ६ दिनको म्याद थपेर अनुसन्धान गर्न आदेश दिएको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिए।