कैलाली। धनगढीमा नेकपा बहुमत सहितका ६ दलले नागरिकता विधेयक,एमसीसी एसपीपी विरुद्ध प्रदर्शन गरेका छन् । सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीमा आज नेकपा बहुमत कैलाली, नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसाल महाअधिवेशन आयोजक समिति लगायतका ६ वटा दलले नागरिकता विधेयक, एमसीसी र एसपीपी खारेजीको माग राख्दै प्रदर्शन गरेका हुन् ।
सरकार राष्ट्रघाती नागरिकता विधेयक खारेज गर, एमसीसी, एसपीपी खारेज गर असंलग्न परराष्ट्र नीति विपरीत नेपाली सेनाको भूमिका रहन हुँदैन, भ्रष्टाचारीलाई कारबाही गर, महँगी र कालोबजारी बन्द गर, मल खादको यथाशीघ्र व्यवस्था गरू भन्ने लगायतका नारा लगाइएको थियो । धनगढीको ट्राफिक चौराहा बाट सुरु भएको र्याली पार्क मोडमा पुगेर कोण सभामा परिणत भएको थियो ।
उक्त विरोध र्यालीमा सम्बोधन गर्दै नेकपा बहुमत कैलालीका जिल्ला संयोजक प्रकाश रावल अनमोलले देशमा भइरहेको राष्ट्र घात, जनघात, बढ्दो महँगी र दलाली करणका विरुद्ध समेत देश व्यापी विरोध प्रदर्शन गरिएको बताए । सो कार्यक्रम अन्तरगत धनगढीमा पनी र्यालीको आयोजना गरिएको बताए । यस्तै उनले सरकारले देश, राष्ट्र, राष्ट्रियता र जनता विरुद्ध गर्ने कुनै पनि कदम स्वीकार्य नहुने बताएका छन् ।
https://www.facebook.com/100005750717551/videos/pcb.1993426790858992/555602929682155