काठमाण्डौ। रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दर्ता भएको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीसहितको टोलीले मंगलबार आयोगमा दल दर्ता गरेका हुन् ।
नागरिक उन्मुक्ति पार्टीले अधिकांक्ष क्षेत्रमा उम्मेदवारी दिने तयारी गरेको छ । यो पार्टीले स्थानीय तह निर्वाचनमा कैलालीका चार पालिका जितेको थियो । कैलालीमामात्र यो पार्टीबाट ९९ जना जनप्रतिनिधि निर्वाचित भएका छन् ।निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि यसअघि नै दल दर्ता गर्न आह्वान गरिसकेको छ । आयोगले साउन २२ देखि ३१ गतेसम्म दल दर्ता गर्ने समय तोकेको छ ।