धनगढी।धनगढीमा विपद् जोखीम सम्बन्धि द्रुत संकटासन्नता लेखाजोखा अध्ययन गरिने भएको छ।धनगढीमा सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना(सुपर) अन्तर्गत प्राबिधिक इन्जीनियरलाई द्रुत संकटासन्नता लेखाजोखा अध्ययनका लागी तालिम दिइएको हो। धनगढी उपमहानगरपालिका तथा नेपाल रेडक्रस सोसाइटीको आयोजना युरोपीयन युनियनको आर्थिक सहयोग र यूएनडीपी, युनीसेफ, यु एन ओमनको सहकार्यमा लालिम सञ्चालन गरिएको हो।
धनगढी उपमहानगरपालिका सुपर परियोजनाका सुचना ब्यवस्थापन अधिकृत बिराज पोख्रेलले इन्जीरनियरका हिसाबले बनेका भवनहरु विपदको दृष्टीकोणले ठिक छकी छैन भनेर अध्ययन गरिने बताए। उनले घरको इन्जीनियरीङ ठिक छ की छैन्, भवन आचारसंहिता पालना भएको छकी छैन भनेर जानकारी लिइनेसमेत बताएका छन्। तालिममा सहभागीहरुले सो अध्ययन गरिसकेपछि रिर्पोट तथा तथ्याङकहरु उपमहानगरपालीकालाई बुझाउने योजना रहेको बताए। उनले भने त्यसपछि उपमहानगरपालीकाले विपदको दृष्टीकोण बिपरित बनेका सो सम्बन्धित घरधनीलाई सचेत गर्ने, सल्लाह सुझाब दिने कार्यमा सहयोग गर्ने जानकारी दिए। साथै उनले धनगढी उपमहानगरपालीकाका वडा नम्बर १ र २ का २२ सय घरधुरीको इन्जीनियरीङ ठिक छकी छैन जानकारी लिइने छ। तालिम धनगढी उपमहानगरपालीकाको सभाहलमा दिइएको छ । कार्यक्रममा बिभिन्न प्राबिधिक इन्जीनियरीङहरुको सहभागिता रहेको छ ।