कैलारी। कैलारी गाउँपालिकाको वडा कार्यालयबाटै सामाजिक सुरक्षा बृद्धा भत्ता वितरण सुरु भएको छ। गाउँपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा बृद्धा भत्ता वितरण सुरु गरेपछि वडाका बृद्ध बुद्धाहरुलाई सहज हुने भएको छ । कैलारी गाउँपालिकाले आज सोमबारदेखि वडा कार्यालयबाट बृद्धा भत्ता वितरण सुरु गरेको छ।
गाउँपालिका अध्यक्ष राजसमझ चौधरी सोमबारदेखि वडा नम्बर ६ को कार्यालयबाट पहिलो पटक वडाबाटै बृद्धा भत्ता वितरणको व्यवस्था मिलाएको बताएका छन् । ‘पहिलो किस्ता हामीले बैंकबाटै उपलब्ध गराउन भनेका छौँ, उनले भने। बैंकले आउने दिनमा गाउँठाउँमा गएर वृद्धभत्ता उपलब्ध नगराए बैंकबाट खाता हटाउन लगाउँछौ ।’
बृद्धबुद्धाहरुलाई हसुलिया बजारमा रहेको बैंकमा बृद्धा भत्ता बुझन आउँदा समस्या भइरहेकोले अबदेखि वडा कार्यालयबाट त्यस्तो व्यवस्था मिलाएको उनले बताए । वडा नम्बर ६ का वडा अध्यक्ष प्रेमबहादुर चौधरी एनआइसि एसिया बैंक सुरक्षाका साथ आएर वडा कार्यालयमा पहिलो पटक बृद्धा वितरण गरिरहेको बताए । आफनै गाउँठाउँमा बृद्धाभत्ता वितरणको व्यवस्था भएपछि हिड्न नसक्ने बृद्धबृद्धाहरुलाई हसुलिया जानुपर्ने बाध्यता हटेको छ ।