धनगढी। धनगढी उपमहानगरपालीकामा कर्मचारी नभेटीने गुनासो बढेको छ । सुदुरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालीका धनगढी उपमहानगरपालीकामा कर्मचारी नभेटीने गरेकोे गुनासो बढेको सेवाग्राहीले गरेका हुन्। टाढा टाढाबाट बिभिन्न कामकाज, समस्या तथा गुनासो लिएर आउने सेवाग्राहीहरुले कार्यालयमा कर्मचारी नभेटिदा लाम्रो समयसम्म कुर्नुपर्ने, झन्जट बेहोर्नुपर्ने र काम नै नभएर रित्तो हात फर्किनुपरेको बताएका छन् ।
दैनिक अत्यावश्यक र अत्याधिक कामकाज भैरहने उपमहानगरपालीकामा कर्मचारी नै नभेटिदा सेवाग्राहीको काम नबन्ने गरेको धनगढी ५ तारानगरका भोजराज जोशीले बताए । सोमबार बिहान ११ बजे धनगढी उपमहानगरपालीकामा पुगेका जोशी सडक सम्बन्धि समस्याका बारेमा सोधपुछ र साईन गराउन आएका थिए । तर उनले भने, फाँटहरुमा कर्मचारी नै भेटेनन् । सुरुमा उपमहानगरपालीकाको पुरानो भवनमा पुगेका उनी कर्मचारी नयाँ भवनबाट कामकाज गर्न थालेको जानकारी लिएपछि त्यहाँ पुगेका उनले अझै कर्मचारी नभेटेको बताए । उनले एक घण्टा, एक दिनमा बन्ने काम समयमा नबन्दा काम नै प्रभाबित हुने र झन्जट बेहोर्नुपर्ने परेको छ उनले भने ।
उनले भने मैलै उपमहानगरपालीकाको पुरानो भवन देखी नयाँ भवनसम्म कोही त कर्मचारी भेटीन्छन् की भनेर खोजेपनी सुरक्षा गार्ड मात्रै भेटेको भने । अनी सुरक्षा गार्डलाई सम्बन्धित कर्मचारी कहाँ छन् भनेर सोध्दा कोही बैठकमा, कोही नास्ता खान गएका छन् भन्छन् उनले भने । दिउँसो १२ बजेको छ, अहिले के को नास्ता जोशीले भने । आफुले कोठा कोठामा गए कर्मचारी नै देखीन उनले भने ।
मेयर गोपाल हमाललाई सोध्न जाँदा पालेदाईले मेयरसाब आज बिहानै मिटिङमा जानु भाछ अहिलेसम्म आउँनु भएको छैन् भने । खै कती बेला आउँने हुँन केही थाहा छैन पालेले भने। धनगढी ५ तारा नगरका जोशी मात्रै होइनन्, उनी जस्ता धेरै सेवाग्राही उपमहानगरपालीकामा यस्तै समस्या भोगिरहेका हुन्छन्।
दैनिक बिभिन्न कामकाजले पुग्ने सेवाग्राहीले काम नबन्दा उपमहानगरपालीका गम्भीर नभएको उनीहरुको भनाई छ। अहिले मात्र हैन बिगतमा पनी यस्तै समस्या भोग्नुपथ्र्यो सेवाग्राहीले । एक त कार्यालयमा कर्मचारी नभेटिने अर्को तर्फ टाढा टाढाबाट आएका सेवाग्राहीको समयमा काम नहुँदा सास्ती बेहोर्नुपरेको छ । उपमहानगरपालीकाका सम्बन्धित कर्मचारी को कहाँ छन् भनेर पनी जानकारी नै हुँदैन् । उपमहानगरपालीकाले सेवाग्राहीलाई दिइनुपर्ने सेवा समयमै पाउनुपर्ने, सरल र सहज होस भन्ने चाहेका छन् । यी यस्ता स साना समस्यालाई धनगढी उपमहानगरपालीकाले ब्यवस्थीत बनाउनुपर्ने देखीन्छ । तब मात्रै नगरवासीले उपमहानगरपालीका भएको महसुस गर्नेछन् । यसतर्फ समयमै सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।