अत्तरिया। राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्षमा पूर्णबहादुर चन्द चयन भएका छन । सोमबार अत्तरियामा बसेको पार्टीको भेलाले चन्दलाई अध्यक्षमा चयन गरेको हो । उक्त भेलाले चन्दको अध्यक्षतामा ८ सदस्यीय समिति गठन गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी केहिदिन अघि मात्रै रवि लामिछाने नेतृत्वमा गठन भएको थियो । हाल उत्त पार्टी देशव्यापी संगठन बिस्तार गरिरहेको छ । भेलाबाट नगर समिति गठन गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश सचिव भोजराज जोशीले बताए।