कञ्चनपुर। मलेशियामा रोजगारी गर्ने कञ्चनपुरका एक जना नेपालीको मृत्यु भएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरियाका ४८ वर्षीय गणेश देउवाको मलेशियामा आइतवार मृत्यु भएको हो ।
मलेशियामा रोजगारी गर्दै आएका देउवाको हृदयघातबाट मृत्यु भएको जानकारी आएको कृष्णपुर नगरपालीकाका प्रमुख हेमराज ओझाले जानकारी दिए । देउवा १५ वर्षदेखि मलेशियामा रोजगारी गर्दै आएका थिए।