कैलाली। नेकपा एमाले सुदुरपश्चिमका प्रदेश अध्यक्ष दामोदर भण्डारीले गोदावरी नगरपालिकामा भएको स्थानिय निर्बाचनमा एमाले हार्ने अवस्थामा नपुगेको बताएका छन् । आज शनिबार गोदावरी नगरकमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश अध्यक्ष भण्डारीले पार्टीका केही उम्मेदवारको अन्तरघातका कारण स्थानिय तहको निर्बाचनमा हार बेहोर्नुपरेको बताएका छन।
एमाले प्रदेश अध्यक्ष भन्डारीले गोदावरीमा एमाले हार्ने कुनै रिपोर्ट पार्टीमा नभएको तर पार्टी भित्रकै केही ब्यक्तीको कारण हार्न परेको पार्टीको बुझाई रहेको दावी गरे । उनले भने, यहाँ त हाम्रा उम्मेदवार हार्ने कुनै रिपोर्ट नै थिएन। उसै पनि पार्टी सचिबको पालिका त्यसमा पनि उम्मेदवार छनौट गर्दा कुनै पनि बिबाद नै थिएन। पार्टी अध्यक्ष र महासचिब समेतको गोदावरीमा चाँसोको बिषय बन्यो, हामीले पार्टी केन्द्रलाई गोदावरीमा जित्छौ भनेर नै रिपोर्ट दिएका थियौँ उनले भने।
त्यसैले यँहा पार्टी हराउन पार्टी भित्र कै ब्यक्तीहरु लागेको बताए । त्यस कारण स्थानिय निर्बाचनमा हामी कैलालीको गोदावरी हारेका हौँ । अध्यक्ष भन्डारीले पार्टीमा अन्तरघात गर्नेलाई तल्लो पार्टी कमिटीको सिफारिसको आधारमा कार्बाही गरिने बताएका छन्। उनले यँहाका सबै नेता कार्यकर्ता एक ढिक्का भएको भए स्थानिय निर्बाचनमा एमालेले हार ब्यहोर्नु नपर्ने दाबी गरे। उनले गोदावरी नगरपालिका सुदुरपश्चिमको मुख्य केन्द्र र पार्टी नेत्रित्वको पालिका भएकाले एमालेले हार ब्यहोरेको अबस्थालाई समिक्षा गर्न जरुरी रहेको बताए । उनले चुनाव सकिएको लामो समय हुँदा पनि नगरकमिटीले समयमै समिक्षा गर्नुपर्ने बताउँदै अर्को चुनाव नजिकै आइसकेकोले अब पार्टीलाई आन्तरिक रुपमा बलियो बनाउनु पर्नेमा जोड दिएका छन्। यसका लागी अगाडी बढ्न उनले सुझाब दिए ।