कैलाली। कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। कैलालीको लम्कीचुहा नगरपालिका–३ बल्चौरमा अन टेष्ट लेखिएको ट्याक्टर सडकबाट नालीमा खसेर चालकको मृत्यु भएको हो। शुक्रबार राति ट्याक्टर सडकबाट १० मिटर तल नालीमा खसेको प्रहरीले जनाएको छ।
दुर्घटना हुँदा ट्याक्टर चालक सोही ठाउँ बस्ने ३५ वर्षीय शक्ति चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। चौधरीको टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको र दुर्घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।