कैलाली। कैलालीको टीकापुरस्थीत जमरा कुलोमा डुबेर एक बालकको मृत्यु भएको छ । कैलालीको टीकापुर नगरपालिका वडा नं. १ स्थित जमरा कुलोमा डुबेर एकतानगर शिविरका लाल सिंह परियारका १२ वर्षीया छोरा दिनेश परियारको कुलोमा नुहाउने क्रममा डुबेर ज्यान गएको प्रहरी जनाएको छ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी हेमबहादुर शाहीका अनुसार दिनेश आज दिउँसो १२ बजे जमरा कुलोमा साथीसँगै नुहाउन गएका थिए। नुहाउने क्रममा पानीमा डुबेर बेहोस भएका उनलाई तत्काल टीकापुर अस्पतालमा पुर्याइएकोमा उपचारका क्रममा ज्यान गएको डिएसपी शाहीले बताए। अहिले उनको शव टीकापुर अस्पतालमा राखिएको जनाइएको छ ।


