धनगढी : नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स ९नाट्टा० सुदूरपश्चिमको पदस्थापन तथा सपथ ग्रहण भएको छ । साउन १४ गते भएको आठौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट नव निर्वाचित पदाधिकारी तथा सदस्यको पदस्थापन तथा सपथ ग्रहण भएको हो ।
आठौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट निर्वाचित अध्यक्षमा पदम बिक्रम सिंह, उपाध्यक्षमा धनञ्जय जैसी, महासचिवमा शिवहरी पाण्डे, कोषाध्यक्षमा लोकराज भट्ट र सचिवमा सबिता ऐर तथा सदस्यमा पदमबहादुर चन्द, बिक्रम ठकुल्ला, किशोर खड्का र मेखेन्द्र खत्रीले सपथ ग्रहण गर्दै पदभार सम्हालेका हुन् ।

नाट्टा सुदूरपश्चिमका अध्यक्ष मायाप्रकाश भट्टको अध्यक्ष क्षमतामा भएको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रममा सुदूरपश्चिम प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाईका प्रमुख भोजराज पाठक, कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका महासचिव राम सिंह ठगुन्ना लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सुदूरपश्चिम प्रदेशको पर्यटन बिकासका लागी आफु कहिले पछि नहट्ने नवनिर्वाचीत अध्यक्ष पदम सिंहले बताएका छन । सुदूरपश्चिम प्रदेशमा पर्यटकका लागी धेरै घुम्ने ठाउँहरु छन । हामीले यीनीहरुको बिकास बिकास गर्नु अनिवार्य रहेको र बिकासका लागी सबैले हातेमालो गर्न पर्नेमा जोड दिएका छन ।
कार्यक्रममा बेल्दै निर्वतमान अध्यक्ष मायाप्रकाश भट्टले भने ‘ सुदूरपश्चिम आफैमा पर्यटकिय क्षेत्र हो । यसमा हामीले केही काम गरीसकेका छौ बाँकी कामहरुलाई नयाँ आएका समितिलाई नियमितता दिनु होला भन्दै आग्रह गरेको छन ।

