कैलाली। कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर १ मा एक बालिकाको शव फेला परेको छ । शुक्रबार गाउँपालिकाको वडा नम्बर १ चायाभावर वस्ने सन्तोश गोल्नी मगरको ७ वर्षिया छोरी तिल्सरी गोल्नी मगरको शव खोलामा मृत अवस्था फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेद प्रकाश जोशीले बताए ।
प्रहरीका अनुसार बिहिवार करिव दिउँसो ३ बजेको समयमा घरबाट सौतेनी आमा मुना गोल्मी मगरसँग निस्के कि तिल्सरीको शुक्रबार बिहान बरपानी खोलामा शव फेला भेटिएको छ । उनका बुवा सन्तोष जोल्मी मगर नि.मा.बीको लाइसेन्स परिक्षाको लागि धनगढी बस्दै आएका छन।
भने आमा पन्चकला जोल्नी मगर पनि रोजगारको लागि भारतको सिम्ला गएकी डिएसपी जोशीले बताए ।उनी हाल सौतेनी आमाको साथमा बस्दै आएकी थिईन । जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी जोशिका अनुसार प्रहरीको टोली घटना स्थल तर्फ गएको र घटनाको बारेमा थप विवरणमा आउन भने बाँकी रहेको छ ।


