धनगढी। धनगढीमा प्रहरीले साढे ३ लाख बराबरको बेवारिसे सामान बरामद गरेको छ। बुधबार साँझ प्रहरीले धनगढी उप–महानगरपालि – ४ चटकपुरबाट ३ लाख ५३ हजार ९४० मुल्य बराबरका भन्सार छलीका स्टेशनरी सामानहरु बेबारीसे अवस्थामा बरामद गरेको हो। उक्त सामान भन्सार छलि गरी ल्याइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उक्त सामान आज आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय कैलालीमा पठाईएको प्रहरीले जनाएको छ।
निम्न:-सामानहरु बेबारीसे अवस्था
१ फोटो कपी पेपर ३८ पेटी रु. ८००००।-
२ औजार बक्स ४७० पिस रु. २३५००।-
३ ऐलजर ४५ के.जि. रु. ५४००।-
४ स्टेपलर ५५ पिस रु. १६५०।-
५ ताबेल (तौलिया) २८० पिस रु. ८४०००।-
६ थमपिन १०० पिस रु. २१६०।-
७ मार्कर ११८० पिस रु. १८०००।-
८ पेन्सिल कलर १ पेटी रु. २४००।-
९ टिपेक्स ५८० पिस रु. ९०००।-
१० पेन्सिल ३०० पिस रु. ७२००।-
११ गिफ्ट पेपर १० पाकेट रु. ४००।-
१२ लेमिनेशन रोल २०० पिस रु. ८०००।-
१३ चक ९० के.जि. रु. २७००।-
१४ पेन ३९०० पिस रु. १२०००।-
१५ खाम २९ के.जि. रु. १८००।-
१६ फुटबल ५ पिस रु. ५०००।-
१७ रेकर्ड फायल ५७५०पिस रु. ८६०००।-
१८ कैँची २५ पाकेट रु. २०३०।-
१९ ग्राफ पेपर १०० पिस रु. २५००।-
२० लेमिनेशन पाँउच २०० पिस रु. २००।-
जम्मा रु ३,५३,९४०-



