कैलाली। कैलालीको धनगढी उपमहानगरपालिका–८, बुद्धचोकमा मोटरसाइकल दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेमध्ये मोटरसाइकलमा पछाडि सवार धनगढी–८ बस्ने जोशीरपुरकी २४ वर्षीया पारु चौधरीको अवस्था गम्भीर छ ।
घाइते सबैको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आज बिहान करिब ३ बजे तीनजना सवार सुदूरपश्चिम प्रदेश ०१ ००९ प ७६४७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई चोकमा रहेको सालिकमा ठोक्किएको हो ।

