धनगढी : कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार राती कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ मा से ६ प २२३० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा वडा नम्बर ५ का ५५ बर्षिय गोपाल आचार्यको मृत्यु भएको हो ।
डोकेबजारबाट टाउन बजारतर्फ जाँदै गर्दा मोटरसाइकल दुर्घटना हुँदा उनी घाइते भएको प्रहरीले जनाएको छ । उनको उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल ल्याउँदा उनको त्यहीँ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।

