धनगढी। कैलालीमा विद्यार्थीबीच विवाद हुँदा चक्कु प्रहार भएको छ। कैलालीमा विद्यार्थीबीच विवाद हुँदा चक्कु प्रहारबाट दुई जना घाइते भएका छन्। घोडाघोडी बुहुमुखी क्याम्पसमा अध्यनरत विद्यार्थीहरू सुखडदेखि मसुरिया आउने क्रममा सार्वजनिक बसमा विवाद हुँदा चक्कु प्रहार भएको हो। घोडाघोडी बुहुमुखी क्याम्पसमा अध्यनरत गौरीगंगा ८ बढैपुरका सागर सुनारलाई सार्वजनिक बसमा घर फर्कने क्रममा गौरीगंगा ९ का सुनिल आउजी र गौरीगंगा ५ का पुष्कर भाटले चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए ।
घाइते सागर सुनारको घाँटी, हात र खुट्टमा चोट लागेको छ। उनको पहलमानपुर पोलिक्लिनिकमा उपचार भैरहको छ। अर्का व्यक्ति विवाद मिलाउन खोज्दा घाइते भएका हुन् । बसमा सवार बर्दगोरीया १ का जुद्ध साँउदको झडप नियन्त्रण गर्न खोज्दा हातमा चोट लागेको छ।चक्कु प्रहार गर्ने आउजी र भाट फरार रहेकाले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।