कैलाली। कैलालीको धनगढीमा अवैध काठ लुकाएको आरोपमा एक व्यवसायी पक्राउ परेका छन्। धनगढी वडा नम्बर ६ जालीका करन चौधरीको खेतमा गाडिएको अवैध काठ फेला परेको स्थानियले बताएका थिए। उनको खेतमा गाडिएको अवैध काठ फेला परेको थियो।
डिभिजन वन कार्यालय धनगढीका प्रमुख निमित्त प्रमुख पूर्णशंकर यादवले वडा नम्बर ५ मा काठ व्यवसाय सञ्चालन गर्दै आएका चौधरीले आफ्नो जग्गामा अवैध काठ भेटिएपछि उनलाई पक्राउ गरिएको बताए। उनलाई काठसहित डिभिजन वन कार्यालयमा ल्याइएको र अहिले चौधरीलाई सशस्त्र वन सुरक्षा शाखामा राखिएको जनाएको छ ।
कैलालीमा एक व्यवसायीको जग्गामा अवैध काठ गाडिएको अवस्थामा फेला


