धनगढी। नेपाल प्रगतीशील प्राध्यापक संगठनले बिभिन्न माग राख्दै सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिलाई प्रेस विज्ञप्ति बुझाएको छ। नेपाल प्रगतीशील प्राध्यापक संगठन केन्द्रीय कमिटी सचिब मान बहादुर जोराद्धारा हस्ताक्षरीत प्रेस विज्ञप्ति सुदूरपश्चिम विश्वविद्यालयलाई सो विज्ञप्ति बुझाइएको हो। प्राध्यापक संगठनले सुदूरपश्चिम विश्वविद्यालय समक्ष बिभिन्न ६ बुँदे माग राखेको छ।
विज्ञप्तिमा सुदुरपश्चिम बिश्वबिद्यालयको शैक्षिक र प्रसाशनिक सुधारका लागी प्राध्यापक संगठनले हातेमालो गर्दै आएको उल्लेख गरिएको छ । यसैक्रममा बिश्वबिद्यालय प्रसाशनबाट एक तर्फिय रुपबाट बिभिन्न निर्णय हुँदै आएको र प्राध्यापक संगठनबाट सुधारका मागहरु राख्दै आएकोमा कुनै सुनुवाई नभएको जनाएको छ। साथै प्राध्यापक संगठनप्रती नकारात्मक धारणाहरु र अफवाह फैलाइएको प्रती गम्भीर ध्यानाकर्षण भएको र आपत्ती जनाउँदै संगठनले ६ बुँदे मागसहितको विज्ञप्ति जारी गरेको हो।


