कैलाली। कैलालीको धनगढी उपमहानगरपालीकाका ३ वडामा जिवीकोपार्जनका लागी ब्यवसाय प्रर्बद्धन गर्न नगद सहयोग हस्तारन्तरण गरिएको छ । आइतबार धनगढी उपमहानगरपालीकाका वडा नम्बर १३, १७ र १९ मा जिवीकोपार्जनका लागी ब्यवसाय प्रर्बद्धन गर्न सहयोग हस्तारन्तरण गरिएको हो । धनगढी उपमहानगरपालीका र नेपाल रेडक्रस सोसाइटीको उत्थानशिल जीविकोपार्जन कार्यक्रम अन्तरगत कार्यक्रम लागु भएका सो वडामा कोरोना महामारीका बेला रोजगारी गुमाएका ३१ जनालाई सहयोग हस्तारन्तरण गरिएको कार्यक्रम अधिकृत नरेन्द्र भटट्ले जानकारी दिए।
उनका अनुसार धनगढी वडा नम्बर १३ मा ११ जनालाई, वडा नम्बर १७ मा १० जनालाई र वडा नम्बर १९ का १० जना गरी ३१ जनालाई जिवीकोपार्जनका लागी ब्यवसाय प्रर्बद्धन सहयोग हस्तारन्तरण गरिएको हो । कार्यक्रम अधिकृत भटट्का अनुसार सो वडामा कोरोना महामारीका बेला रोजगारी गुमाएका १२५ जनालाई नगद सहयोग हस्तारन्तरण गरिने योजना छ ।
उनले भने, कोरोना महामारीका बेला रोजगारी गुमाएकालाई जिवीकोपार्जन गर्न केही सहयोग होस र भोलीका दिनमा ब्यवसाय क्षेत्रमा लाग्न उत्पेरणा जाग्ने उदेश्यले सोे सहयोग गरिएको बताए । उनीहरुलाई जिवीकोपार्जन गर्न तालिम पनी सञ्चालन समेत गरिने जानकारी दिएका छन् । कार्यक्रममा सोही वडाका जनप्रतिधी, नेपाल रेडक्रस कैलालीका संयोजक उत्तम जोशी, कार्यक्रम अधिकृत नरेन्द्र भटट्, बिकास नेपाली, सरोकारबाला निकाय तथा स्थानियहरुको सहभागिता रहेको थियो ।
https://www.facebook.com/bikash.nepali.7587