कञ्चनपुर। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले करिब ३ दशक पुरानो महाकाली सन्धी पुनरावलोकन गर्नु पर्ने बताएका छन् । पार्टी विस्तार अभियान अन्तर्गत महाकाली पुगेका उनले सामाजिक संजालमार्फत् आइतबार यस्तो बताएका हुन् । महाकालीजस्ता नदीमा गरिएका सम्झ्यौत नेपाली हित विपरिति भएको हुँदा पुनरावलोकन नभए आगामी पुस्ताले धिक्कार्ने उनले बताए ।
महाकाली नदीको पृष्ठभूमिको फोटो सेयर गर्दै उनले लेखेका छन् ‘पश्चिम यात्रा को क्रममा महाकाली ऐतीहासिक नदी को दर्शन गर्न पाउँदा निकै खुशी लागेको छ । २०५३ साल असोज ४ गते राती १२ बजे जसरी एउटा पक्षले मात्र लाभ लिने गरी सन्धि गरियो, आज सम्म त्यसको असर यहाँँ बस्ने हरेक नेपालीले भोगीरहेका छन । अब यस्ता असमान सन्धिहरुको पुनरावलोकन गर्नैपर्छ । हामीले हाम्रा नदी र जमिनको सुरक्षा गर्न सकेनौँ भने हामी पछीका पुस्ताले हामीलाई धिकार्नेछन् ।अब ढिलो नगरी हरेक ठाउँमा ध्यान दिएर सहि निर्णयहरु गर्नु नै अबको हाम्रो बाटो हो ।’