कञ्चनपुर। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्मला पन्तको न्यायका लागि लडिरहने बताएका छन् । महेन्द्रनगरमा रहेका लामिछानेले हत्या भएकी निर्मला पन्तको घरमा पुगेर दुर्गा पन्तलाई भेटेर आफू जिवित रहुन्जेल निर्मलाको न्यायका लागि लडिरहने प्रतिबद्धता गरेका छन् ।
सामाजिक सञ्जालमा निर्मलाकी आमासँगको फोटो सेयर गर्दै लामिछानेले अपराधीलाई सजाय नहुन्जेल सम्म आफू आराम गरेर नबस्ने बताएका छन्। निर्मलाकी आमा दुर्गा पन्तलाई भेटेपछि सामाजिक संजालमा रवि लामिछानेले लेखेका छन्- न्याय नपाए गोर्खा जानू भन्ने चलन हाम्रा पुर्खाहरुले सयौं वर्ष अगाडि चलाएका थिए । एउटा देशको नागरिकले अन्याय भएको महशुस गरे न्यायालय नै अन्तिम बिकल्प हो , त्यो अन्तिम बिकल्पलाई पनि राजनितिकरण ले ध्वस्त बनाए ।
लामिछानेले आफूले बाटो फेरेको वाचा फेरेको छैन भन्दै भने, चिन्ता नगर्नुहोस, मैले बाटो फेरेको मात्र हु, वाचा फेरेको छैन। आफू जिवित हुन्जेल निर्मलाले न्याय पाउने आशलाई अन्त्य हुन दिने छैन । यसैपाली नेतृत्व गरेर ,अपराधीलाई सजाय नदिलाई आराम गरेर बस्ने छैन। कञ्चनपुरको भीमदत्त नगरपालिका-२ कि निर्मला पन्तको बलात्कारपछि हत्या भएको अहिले चार वर्ष पुरा भएको छ । तर अहिलेसम्म दोषीको पहिचान हुन सकेको छैन ।
https://www.facebook.com/rabi.nikitalamichhane/posts/3188923561319794