धनगढी। नेपाल भारतमैत्री संघ कैलालीको केन्द्रीय सदस्यमा जागृती बोगटी निर्विरोध चयन भएकी छन। शनिबार भएको संघको चाथौं साधारण सभाले केन्द्रीय सदस्यमा जागृती बोगटीलाई गरेको हो। संघको चाथौं साधारण सभाले राजिव गुप्ताको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
केन्द्रीय उपाध्यक्षमा हरिशंकर ठाकुर चयन भएका छन। यस्तै संघको सदस्यमा सुभाष बडाल, रतन खाती, रमेश फुलारा, गिता कुमार गौतम, जफर शिद्धिकी, शुभशंकर ठाकुर, उमेश कुमार श्रेष्ठ, राकेश गुप्ता, सुबोध कुमार ठाकुर, मनोज अग्रवाल र पिताम्बर ठाकुर चयन भएका छन। संघले पहिलो बैठकमा नौ सदस्य मनोनित गर्ने जनाईएको थियो। संघको सभाको केन्द्रीय उपाध्यक्ष हरिशंकर ठाकुर समुदघाटन गरेका थिए। केन्द्रीय सदस्य जागृती बोगटीले कैलाली जिल्ला अध्यक्षमा राजिव गुप्ता सहितको पुर्ण कार्यसमिति निर्विरोध चयन भएकोमा कार्यसमितिलाई हार्दिक बधाई साथ सफलताको शुभकामना ब्यक्त गरेकी छिन्।