कैलाली। कैलालीको एक विद्यालयको होस्टेलमा विद्यार्थी मृत फेला परेकी छिन्। कैलालीको गोदावरी नगरपालिकास्थित तेघरीको सैनिक आवासीय महाविद्यालयमा अध्ययनरत एक छात्रा मृत फेला परेकी हुन्।
कैलाली प्रहरीका अनुसार गोदावरी नगरपालिका–१ की कक्षा १० मा अध्ययनरत भिमानी बिष्ट मृत भेटिएकी हुन्। शुक्रबार साँझ उनको शव होस्टेलकै कोठामा भेटिएको बताइएको छ। उनी सोही विद्यालयको होस्टेलमा बस्दै आएकी थिइन। मृत फेला परेकी बिष्टको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा ल्याइएको छ। घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।