धनगढी। धनगढीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रदेश भेलालाई सम्बोधन गरिरहेका छन्। सुदूरपश्चिम प्रदेशस्तरिय भेलालाई सम्बोधन गर्न शुक्रबार धनगढी पुगेका रवि लामिछाने धनगढी स्थीत ओम प्यालेसमा प्रदेश भेलालाई सम्बोधन गरिरहेका छन्।
यस अघि आज बिहान धनगढीस्थीत बेहडा बाबाको दर्शन तथा पुजा आराधना गरेका छन्। यस्तै सुदुरपश्चिममा ९ वटा भेला हुने आयोजकले जनाएको छ । प्रदेशस्तरिय भेलालाई सम्बोधन गर्न नेता रवि लामिछानेसहित डिपी आर्याल, मुकुल ढकाल, दिपक बोहरा लगायत युवा नेताहरु धनगढी पुगि सकेका छन् । धनगढीको कार्यक्रमपछी महेन्द्रनगर जाने कार्यक्रम छ। Live भिडियो हेर्नुहोस् यहाँ (भिडियो राष्ट्रिय स्वतन्त्र पार्टी)
https://www.facebook.com/Rastriyaswatantraparty/videos/1343271896197515