कैलाली। कैलाली कञ्चनपुरका २ सहित १६ वटा निर्माण कम्पनी कालोसूचीमा परेका छन् । समयमै काम नगर्ने २सहित १६ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई कारबाही गर्दै कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसमा १६ वटा कम्पनीलाई कालोसूचीमा राखेको हो । ती कम्पनीलाई १ वर्षदेखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ ।
अब यी कम्पनीले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् । कालो सूचनामा राखिएका कम्पनीहरुमा अमन एन्ड इसा कन्स्ट्रक्सन (कैलाली),आकाश एन्ड पवन कन्स्ट्रक्सन (कञ्चनपुर),आकाश एन्ड पवन पवन कन्स्ट्रक्सन (कञ्चनपुर), रहेका छन् । यस्तै बीटीरशिवराम जेभी (काठमाडौं), शिवरामरसिद्धगढी जेभी (दोलखा), दिनेशचन्द्र आर र नागार्जुन र कोशी एन्ड न्यौपाने जेभी (काठमाडौं), रहेका छन् ।
रुजन के निर्माण सेवा प्राली, जगददम्बा निर्माण सेवा प्राली, भुवनेश्वरी एन्ड भैभव जेभी (खोटाङ), ड्रप स्पलाई एन्ड सर्भिसेज (काठमाडौं) र थोकरर, निभारलयुल जेभी (काठमाडौं) छन् । सूचनामा भनिएको छ यस कार्यालयको निर्णयानुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) तथा सार्वजनिक खरिद नियमावली, २६४ को नियम १४१ को उपनियम (१०) बमोजिम यो सूचना प्रकाशित भएको मितिदेखि लागू हुनेगरी तपशिलका निर्माण व्यवसायीरआपूर्तिकर्ताहरुलाई देहायको अवधिसम्म कालोसूचीमा राखिएकोले उक्त निर्माण व्यवसायीरआपूर्तिकर्ताहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।