कञ्चनपुर। कञ्चनपुरको बेदकोटमा जग्गाको बिवाद हुँदा कुटपिट भएको छ। बेदकोट नगरपालीका ८ गौजीमा जग्गाको बिवादमा कुटपिट हुँदा एक जना घाईते भएका छन्। जग्गाको बिषयमा बिवाद हुँदा बेदकोट नगरपालीका ८ गौजीका १७ बर्षिय किशोर भट्टले ५० बर्षिय गोविन्द भट्टमाथी कुटपिट गरेका हुन्।
कुटपिटबाट गोविन्द भट्ट घाईते भएका छन्। उनको टाउकोमा चोट लागेकाले उपचारका लागी धनगढी पठाइएको छ। भने कुटपिटमा किशोर भट्टलाई प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी चक्र बहादुर शाहले बताएका छन् । घटनाबारे थप अनुसन्धान भैरहेको उनले जानकारी दिएका छन्।