कञ्चनपुर। कञ्चनपुरमा बन्यजन्तु उद्दारमा वडाध्यक्ष बहादुर महरा खटिएका छन्। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८का वडाध्यक्ष बहादुर महरा वन पर्यांवरण एव वन्यजन्तुसंरक्षणका काममा पहिल्यैदेखि जुटेकै छन । अहिले पनि जुटिरहेको पाईएकै छ। गयराती पनि शुक्लाफाँटा नगरपालिका १० दुर्गासिह ऐरीको माछा पोखरीमा पसेको गोहीको वडाध्यक्ष महरा सहितको स्थानीयले उद्दार गरेका छन ।
दिउँसो वडाको काममा व्यस्थ रहेका वडाध्यक्ष महरा, राती अर्को वडाका किसानको पोखरीमा गोही पसेको थाहा पाएपछि उनी पोखरीमा पसेको गोहीको उद्दार गर्न गएका थिए । उद्दार गरिएको गोही वन कर्मचारीका जिम्मा लगाईएको छ । कञ्चनपुरको शुक्लाफाँटामा गोहीले आतंक मच्चाएको थियो । शुक्लाफाँटा नगरपालिकामा गोहीको आक्रमणबाट खसी बाख्रा मरेका छन् । शुक्लाफाँटा-१० लालपनैया बस्ने दुर्गासिंह ऐरले पालेका खसी-बाख्रामाथि बिहीवार साँझ गोहीले आक्रमण गरेको हो ।गोहीले एउटा खसी खाएको र अर्को बाख्राको पाठी मारेको दुर्गासिंह ऐरले बताए ।
गोही आएर एउटा सानो खसी खायो,उनले भने,अर्को बाख्राको पाठी मारेको छ,अर्को बाख्राको पाठी मोटो डोरीले बाँधेका कारण खान पाएन । उनका अनुसार आफ्नो पोखरीको माछा समेत गोहीले खाएको छ । सोही पोखरीमा नै गोही बसेको भन्दै पोखरीको पानी खाली गरेर गोहीलाई समात्ने ऐरले जानकारी दिए । मानवीय क्षती भने हुन नसकेको ऐरले बताए । स्थानीय किसानहरुले पालेका बाख्रा र खसी गोहीले खान थालेपछि किसानहरु चिन्तित बनेका छन् । बाख्रा,खसी खाएर आतंक मचाउदा समयमै सम्बन्धीत निकायले न्यूनिकरण गर्न ध्यान दिनुपर्ने स्थानीयले आग्रह गरेका छन् ।