कैलाली। नेकपा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारीले गेटामा भौतिक संरचना निर्माण भइसक्दा गठबन्धनको सरकारले चिकित्सा बिश्वबिद्यालय बनाउन नचाहेको बताएका छन्। कञ्चनपुरमा बिहीबार पत्रकार संग कुराकानीका क्रममा बोल्दै एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष भण्डारीले गेटा बिश्वबिद्यालय सञ्चालनमा ढिलाई भएको र यस्मा गठबन्धनको सरकार बाधक बनेको उनले बताएका हुन्।
गेटा मेडिकल कलेजलाई विश्वविद्यालयको मोडालिटीमा सञ्चालन गर्नुपर्ने भएपनि सरकारले विभिन्न बाहानामा ढिलाइँ गरिरहेको छ उनले भने।
उनले भने, गेटामा चिकित्सा बिश्वबिद्यालय बनाउन सकिन्छ, सबै संरचना भएपनी गठबन्धन सरकार बाधक बन्यो । सुदुरपश्चिमका अधिकांस सांसदहरुले गेटामा चिकित्सा बिश्वबिद्यालय सञ्चालन गर्न माग गरेपनी स्वयम प्रधानमन्त्री शेर बहादुरले नचाहेको उनले बताए।
सुुदुरपश्चिमका अधिकासं सांसदहरुले प्रतिनिधी सभाको बैठकमा गेटामा चिकित्सा बिश्वबिद्यालय सञ्चालन गर्न पटक पटक आवाज उठाउँदै माग गरिरहेका छन्, उनले भने । तर गठबन्धन सरकारले चिकित्सा बिश्वबिद्यालय खोल्न चाहेका छैनन्। यस्तै उनले गेटामा बिश्वबिद्यालय स्थापनाका लागी शिक्षा तथा स्वास्थ्य समितीसँग एमाले प्रदेश किमटीले माग पनी गरेको अध्यक्ष भण्डारीले बताएका छन् । समितीसँग गेटामा चिकित्सा विश्वबिद्यालय सञ्चालनका लागी आग्रह गरेको बताउँदै चाँडै बिश्वबिद्यालय सञ्चालनमा ल्याउन सकिने बिश्वास दिलाए ।


