धनगढी। धनगढीमा मोटरसाइकलले गाईलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। से ६ प ८०२८ नम्बरको मोटरसाइकलमा सवार धनगढी १ बस्ने बर्ष ५५ निर्मल हमालको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहीबार राती ८ बजे धनगढी उप-महानगरपालिका १३ राजपुरमा अत्तरीयाबाट धनगढी तर्फ आउदै गरेको से ६ प ८०२८ नम्बरको मोटरसाइकलले छाडा गाईलाई ठक्कर दिएको थियो।
मोटरसाइकल चालक धनगढी ३ विशालनगरका ४४ वर्षीय विरेन्द्र शर्माको अनुहारमा चोट र पछाडि सवार धनगढी १ का ५५ वर्षीय निर्मल हमालको टाउकोमा चोट लागी गम्भीर घाइते भएका थिए। मायामेट्रो अस्पतालमा उपचारका क्रममा पछाडी सवार निर्मल हमालको राती ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । शर्माको अवस्था पनि गम्भीर रहेको प्रहरीले बताएको छ। मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको र हमालको शव पोष्टमार्टमको लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको प्रहरीले जनाएको छ ।


