दार्चुला। दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयरमाथि एक महिलाले बलात्कारको आरोप लगाएकी छिन्। दार्चुलाको शैल्यशिखर नगरपालिका ६ कि ५५ बर्षीया महिलाले मेयर बिजयसिंह धामीमाथि एक महिलाले बलात्कारको आरोप लगाएकी हुन् ।आरोपित मेयर धामी र पीडित महिलाको वडा एउटै हो।
शैल्यशिखर–६ कि ५५ बर्षीया ति महिलाले बि.स २०६१ सालमा माओवादी जनयुद्धको बेला आफू गाउँकै जंगलमा सल्लाको पिरोल (सल्लाको पात) बटुल्दै गरेको बेला आफूमाथि बलात्कार गरेको बताएकी हुन्। आफूले लगाएको सबै कपडा फुकालेर शरिरमा हात हालेको बताउदै उनले भनिन्–’म र भतिजो (पुन्टे) गाउँकै माजाबाटा जंगलमा सल्लाको पिरोल बटुल्न गएका बेला मेयर धामी र दुईजना अरु बसिरहेका थिए। म पिरोल बटुल्दै गर्दा मेयर धामीले मैले लगाएको लुगाकपडा फुकाली नजिकैको भिरमा फाल्ने कोसिस गर्नुका साथै म माथि बलात्कार गरी नाङ्गै घरपठाएको हो।’
उक्त घटना बाहिरिए सिध्याउने भन्दै मेयर धामीले बन्दुक ताकेको बताईन्। आफन्त कोही जान्ने सुन्ने नभएका र श्रीमानपनि अपाङ्ग भएको बताईन्। सो घटनामा तत्कालिन माआवादीहरुले मुद्धासमेत चलाएको र घटनाबारे ग्वानीका सबै स्थानीयहरुलाई थाहा भएको बताईन्। यस्तै महिलाले आफूमाथि बलात्कार भएकै ठहर गर्दै जिन्दगीसमेत बर्बाद गरेको बताएकी छिन्। पूर्व मेयर अमरसिंह धामीकी छोरी करुणा बिष्ट (धामी)ले पनि ति महिलामाथि बलात्कार भएको आफूलेसमेत थाहा पाएको बताईन् । यो विषयमा मेयर बिजयसिंह धामीले उक्त कुरा झुठ भएको बताउँछन् । उनले आफूमाथि झुठो आरोप लगाएर बदनाम गराउन खोजेको बताए। अब पूर्व मेयरकी छोरीविरुद्ध प्रहरीमा उजुरी दिने तयारीमा रहेको जानकारी समेत दिएका छन् ।यहाँ हेर्नुहोस् महिलाको आरोप (भिडियो)मा